मंगलबार, वैशाख १८, २०८१

२७२ किलो गाँजासहित चालक प्रहरी नियन्त्रणमा

मेरोन्यूज २०८१ वैशाख ४ गते १६:५७

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको  हो ।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ बर्षिय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाईएको छ ।

प्रतिक्रिया