मंगलबार, वैशाख १८, २०८१

२३ किलो चरेशसहित एक जना पक्राउ

मेरोन्यूज २०८१ वैशाख ४ गते १६:२९

बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किला लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको हाे ।

प्रतिक्रिया