मंगलबार, वैशाख १८, २०८१

बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

मेरोन्यूज २०८१ वैशाख ४ गते १०:०३

जनकपुरधाम । बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेका छन् ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो।

ठक्कर बाट घाईते भएका उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया