मंगलबार, वैशाख १८, २०८१

प्रहरी प्रशासन

प्राविधिक समूहतर्फका २ जना एसएसपी डीआइजीमा बढुवा

मेरोन्यूज २०८१ वैशाख ४ गते ७:४३

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटरतर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्। मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो।

अर्याल नेपाल प्रहरीका साइबर विज्ञ पनि हुन्।

प्रतिक्रिया