मंगलबार, वैशाख १८, २०८१

यी राशिका लागि आजको दिन विशेष रहने

मेरोन्यूज २०८१ वैशाख ४ गते ७:१८

आज २०८१ साल वैशाख ४ गते , मंगलवार।चैत शुक्ल अष्टमी। पञ्चाङ्ग: धृति बव पुष्य । अप्रिल १६ तारिख २०२४

यस्तो छ आज तपाईंको राशिफल :-

मेष : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नहोला। सहकर्मीबाट विरोध आउला। मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्।

वृष : मानसम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। रमणीय र सुखद यात्राको योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

मिथुन : स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

कर्कट : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। साथीभाइसँग समय बित्नेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेट हुनेछ।

सिंह : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।

कन्या : चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।

तुला : रोकिएका काम सुरु हुन सक्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।

वृश्चिक : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्त र मित्र वर्गको सहयोग पाइनेछ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको भने ख्याल गर्नु पर्नेछ।

धनु : आलस्य तथा थकानको अनुभूति हुनेछ। काम बिगार्नेहरू सक्रिय रहन सक्छन्। नियमित खर्च बढ्नेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु उचित होला। वैदेशिक कार्य अघि बढ्नेछ।

मकर : पुरानो समस्या सुल्झाउन सकिनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। आत्मबल बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजगता अपनाउनु पर्नेछ।

मीन : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। साँझमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

प्रतिक्रिया