मंगलबार, वैशाख १८, २०८१

यी हुन् सलमानको घरमा गोली चलाउने व्यक्ति

मेरोन्यूज २०८१ वैशाख ३ गते १८:३४

काठमाडाैं । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने आक्रमणकारीको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।

जसमा गोली चलाउने एक व्यक्तिले कालो र सेतो रंगको टिर्सट लगाएका छन् भने अर्को व्यक्तिले रातो टिर्सट लगाएका छन्। यी तस्बिरका आधारमा दुवैको खोजी तीव्र पारिएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले मुम्बईकाे बान्द्रास्थित अभिनेता सलमान खानको घर बाहिर गोली चलाएका थिए । त्यसलगत्तै प्रहरीले खानको निवास वरिपरि सुरक्षा बढाएर आरोपीको खोजी सुरु गरेको थियो ।

प्रहरीले अभिनेताको घर वरिपरि राखिएका सिसिटिभी फुटेज जाँच गरी अभियुक्तको पहिचान गरेको हाे । घटनाको प्रमाण सङ्कलन गर्न स्थानीय प्रहरी, अपराध महाशाखा र फरेन्सिक विज्ञको टोली पनि घटनास्थल पुगेको र घटनाको अनुसन्धान सुरु गरिएको जनाइएकाे छ ।

प्रतिक्रिया