मंगलबार, वैशाख १८, २०८१

अभिनेत्री पूजा हेगडेले किनिन् ४५ करोडको घर

मेरोन्यूज २०८१ वैशाख ३ गते १४:२२

काठमाडौं । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारुको घर किनेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा एक समुद्र-फेसिङ बंंगला किनेकी हुन् ।

यो बंगलामा ४ हजार स्क्वायर फिटको लिभिङ स्पेस भएको बताइएको छ । यद्यपी अभिनेत्रीको तर्फबाट यस खबरको आधिकारिक पुष्टि भने भएको छैन ।

अभिनेत्री पूजा यसअघि ८ करोडको थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

भारतीय मिडियाका अनुसार अभिनेत्रीको नेटवर्थ झन्डै ५१ करोड भारु रहेको छ ।

पूजाले सन् २०१६ मा रिलिज भएको फिल्म ‘मोहेन्जो दारो’बाट ऋतिक रोशनको साथमा बलिउडमा डेब्यु गरेकी थिइन् ।

यसअघि उनले तीन साउथ फिल्ममा काम गरेकी थिइन् । पूजाले ‘हाउसफुल ४’, ‘राधे श्याम’, ‘सर्कस’ र ‘किसी का भाइ किसीकी जान’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया