मंगलबार, वैशाख १८, २०८१

कन्याकाे राेकिएकाे धन हात पर्ने,अन्य राशिकाे कस्ताे छ दिन?

मेरोन्यूज २०८१ वैशाख ३ गते ७:१२

आज २०८१ साल वैशाख ३ गते , सोमवार । चैत शुक्ल सप्तमी ।पञ्चाङ्ग: सुकर्मा वणिज पुनर्वसु। अप्रिल १५ तारिख २०२४

यस्तो छ आज तपाईंको राशिफल :-

मेष : आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

वृष  : श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

मिथुन : आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

कर्कट : आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

सिंह : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कन्या : रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

तुला : आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

धनु : आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

मकर : काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ। निर्णय कार्यान्वयन हुन नसक्ला। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ, साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

कुम्भ : चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । सफल यात्राको योग छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

मीन : आज चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ । आम्दानीभन्दा खर्च बढ्न पनि सक्छ ।

प्रतिक्रिया