मंगलबार, वैशाख १८, २०८१

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

मेरोन्यूज २०८१ वैशाख २ गते २१:४९

काठमाडौँ । साउदी अरेबियाले एसीसी प्रिमियर कपमा हङकङलाई स्तब्ध बनाएको छ ।

आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा साउदी अरेबियाले हङकङलाई ५५ रनले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको २०३ रनको लक्ष्य पछाएको हङकङ १८.४ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो । हङकङका लागि कप्तान निजकत खानले सर्बाधिक ७३ रन बनाए भने अन्शुमान रथले २९ तथा जीशान अलीले १८ रन बनाएका थिए ।
त्यस्तै साउदीका बलर उस्मान नाजीब र जैन उल अबिदीनले ३-३ विकेट लिएका थिए भने हिशाम सेखले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मनन अलीले ४४, फैसल खानले ३० र हिशाम सेखले २२ रन बनाएका थिए ।
यो साउदी अरेबियाको टी-२० क्रिकेटमा हङकङविरुद्ध अहिलेसम्मको पहिलो जित हो ।   

साउदी अरेबियाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितपछि २ खेलमा २ अंकसहित साउदी अरेबिया समुह ए मा दोस्रो स्थानमा आएको छ । त्यस्तै हङकङको भने २ खेलमा यो पहिलो हार हो । २ खेलमा २ अंक हासिल गरेको हङकङ चौथो स्थानमा रहेको छ ।

अब सोमबार हङकङले नेपालको सामना गर्ने छ । त्यस्तै साउदी अरेबियाले मंगलबार कतारको सामना गर्ने छ ।

प्रतिक्रिया