मंगलबार, वैशाख १८, २०८१

आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८१ वैशाख २ गते ११:४२

काठमाडौं । नेपली बजारमा आइतबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज ५० रुपैयाँले घटेर आज प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया