मंगलबार, वैशाख १८, २०८१

त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त

मेरोन्यूज २०८० चैत ३० गते २०:२३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई नियुक्त गरेका हुन् ।

सरकारले गएको फागुन १० गते प्रा.डा. बराललाई उपकुलपति नियुक्त गरेको थियो । उनले नियुक्ति अघिदेखि नै आफूलाई टिम बनाउन दिनुपर्ने सर्त राखेका थिए ।

उपकुलपति बरालले चैत १५ गते रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाललाई नियुक्त गर्ने सिफारिस गरेका थिए । तर, लामो समयसम्म नियुक्त नभएपछि जनस्तरबाटै प्रधानमन्त्रीको आलोचना भएको थियो ।

प्रतिक्रिया