सोमबार, वैशाख २४, २०८१

बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दैछु : नोरा फतेही

मेरोन्यूज २०८० चैत २६ गते १३:३५

नयाँ दिल्ली । बलिउडकी डान्सिङ गर्ल नोरा फतेही यतिबेला बिहे गर्ने सुर कसिरहेकी छिन् । विवाहका लागि आफूले इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको नोराले हालै एक अन्तरवार्तामा भनेकी हुन् ।

Advertisement

आफ्नो जीवनसाथीमा कुन–कुन गुण हेर्न चाहन्छिन् भनेर सोधिएको प्रश्नमा नोराले कयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरुपमा बदलिएको भएपनि प्रेम र विवाहबारे धारणा पुरानो धारणा रहेको अनि बिहे गरेर घर बसाउन चाहेको बताएकी थिइन् ।

नोरा भन्छिन्, ‘म भगवानमा विश्वास गर्ने जीवनसाथीको खोजीमा छु । एकै समयमा उसले राम्रो केयर गर्ने हुनुपर्छ । मेरो लागि पैसा पछि आउँछ, त्यो भन्दा पहिले मानिसको लागि मनको राम्रो हुनु महत्वपूर्ण छ । इमानदारीपूर्वक भन्नुपर्दा आजको संसारमा धेरै स्वार्थी मानिस छन् जो तपाईंबाट फाइदा लिन चाहन्छन् । तिनीहरू केही वर्ष तपाईंसँग बस्छन्, तपाईंको फाइदा उठाउँछन् र छोड्छन् ।’

उनी विवाह गरेर बस्न तयार रहेको बताउँछिन् । ‘चार–पाँच वर्षअघि जीवनसाथीका बारेमा मैले सोचेका विचार एकदमै सतही थिए । अहिले धेरै बदलिसकेको छु । मैले एक आदर्श व्यक्तिको बारेमा फरक दृष्टिकोण विकास गरेको छु,’ नोरा भन्छिन्, ‘मलाई लाग्छ कि पहिला मैले गलत चीज खोज्दै थिएँ । म एक इमान्दार जीवनसाथीको खोजीमा छु जसको रूप पनि राम्रो होस् । मेरो मतलब, मलाई राम्रो आनुवंशिकी चाहिन्छ किनभने म सुन्दर बच्चाहरू जन्माउन चाहन्छु ।’

प्रतिक्रिया