मंगलबार, वैशाख २५, २०८१

पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

मेरोन्यूज २०८० चैत २४ गते ९:४२

 काठमाडौं । नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुलेको छ ।

Advertisement

नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो ।

सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।

त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ ।

प्रतिक्रिया