सोमबार, वैशाख १७, २०८१

बागमतीमा एमालेबाट थपलिया मन्त्री बन्दै, आजै शपथ

मेरोन्यूज २०८० चैत १७ गते १०:३४

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

एमालेबाट जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले जनाएको छ । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागिएको जनाइएको छ ।

थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुने तय भएकाे छ ।

प्रतिक्रिया