आइतबार, वैशाख ३०, २०८१

इलाम २ मा एमालेका सुहाङ १००१ मतले अगाडि

मेरोन्यूज २०८१ वैशाख १६ गते २१:१६

इलाम। इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्।

Advertisement

हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका छन्।

स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन्। रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन्।

प्रतिक्रिया