सोमबार, वैशाख १७, २०८१

अब त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

मेरोन्यूज २०८० चैत १६ गते २१:२२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपालीमा बनाउने निर्णय गरेको हो । 

 ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ’ त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ । 

लामो समयदेखि विद्यार्थीहरूले दुवै भाषामा प्रश्नपत्र बनाउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया