सोमबार, वैशाख १७, २०८१

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला

मेरोन्यूज २०८० चैत १४ गते १०:३०

बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।

रिब्दीकोट गाउँपालिका(१ ख्याहाकी १९ वर्षीया सुनारको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको हत्या भएको हुन सक्ने आशंका गरिएको जनाएको छ । खोलाबाट फर्किने क्रममा उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

यद्यपी अनुसन्धान भइरहेकाले के कति कारणले घटना भएको हो भन्नेबारेमा भन्न नसकिने पाल्पा प्रहरीले जनाएको छ ।

पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

प्रतिक्रिया