सोमबार, वैशाख १७, २०८१

एकै पटक २३ कम्पनी कालोसूचीमा,कुन कुन परे?

मेरोन्यूज २०८० चैत १४ गते ८:०२

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

तोकिएको समयमा र कानुनअनुसार काम नगरेकाे भन्दै २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । 

उक्त कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । 

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

प्रतिक्रिया