सोमबार, वैशाख १७, २०८१

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

मेरोन्यूज २०८० चैत १३ गते १६:३३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्बाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र बिबेक यादवले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो ।

नेपालका लागि गुलशन झाले सर्बाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले सिरिज २-० ले जितेको छ । 

प्रतिक्रिया