सोमबार, वैशाख १७, २०८१

अनिल साहका रूपमा तेस्रो विकेट गुमायो नेपालले

मेरोन्यूज २०८० चैत १३ गते १३:३८

काठमाडौं। नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो मैत्रीपूर्ण टी–२० खेलमा नेपालले लगातार विकेट गुमाएको छ। 

सातौं ओभरसम्म पुग्दा नेपालले तीन विकेट गुमाएको छ। ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलपछि अर्का हिटर ब्याट्सम्यान अनिल साहलाई पनि नेपालले गुमाएको हो। 

आउट हुनुअघि शेखले ११, भुर्तेलले २५ र साहले १२ रन जोडेका हुन्। साहलाई फिनिन ह्यान्डले एस धोनीबाट क्याच आउट गराए। यसअघि शेख र भुर्तेलको विकेट म्याथ्यु फोस्टरले लिएका हुन्। 

यतिबेला नेपालले ७ दशमलव ४ ओभरमा ६० रन बनाएर खेलिरहेको छ। टस जित्दै नेपालले पहिले ब्याटिङ रोजेको हो। 

प्रतिक्रिया