सोमबार, वैशाख १७, २०८१

यस्ताे छ तपाईंको आजकाे राशिफल

मेरोन्यूज २०८० चैत ६ गते ७:१८

आजमिति २०८० साल ,चैत्र ६ गते तदअनुसार मार्च १९, २०२४ मंगलवार, शुक्लपक्षको दशमी तिथि, पुनर्वशु नक्षत्र, शोभन योग । मिथुन राशिमा चन्द्रमा । यो शुभ योग हो । 

  • अभिजित् मुहूर्त: बिहान ११:४९ देखि १२:३६ सम्म,
  • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१०
  • सुर्यास्त: बेलुका ०६:१५ बजे 

मेष : दिन मध्यम खालको छ। धार्मिक, सांस्कृतिक तथा रीतिरिवाजमा सहभागिता हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

  • शुभ रंग: निलो
  • शुभ अंक – ७

वृष : दैनिक कार्यमा सफलता पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आहार विहारमा सावधानी अपनाउनु पर्नेछ।

  • शुभ रंग: पहेलो
  • शुभ अंक – ७

मिथुन : चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।

  • शुभ रंग: रातो
  • शुभ अंक – ८

कर्कट : घर व्यवहारको समस्याले सताउन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। प्रेमीप्रेमिकाबीच असमझदारी बढ्न सक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

  • शुभ अंक – ६
  • शुभ रंग : सेतो

सिंह : कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

  • शुभ रंग: निलो
  • शुभ अंक – ७

कन्या : भक्ति र सेवा भाव बढेर जानेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। महिलाहरूबाट विशेष सहयोग मिल्नेछ। रोकिएका कामको पुन: योजना बन्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

  • शुभ रंग: निलो
  • शुभ अंक – ४

तुला : नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। शुभ कार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ।

  • शुभ रंग: कालो
  • शुभ अंक – ९

वृश्चिक : शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। विद्यार्थीको पढाइमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

  • शुभ रंग: निलो
  • शुभ अंक – ३

धनु : भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। अधुरो कार्य सम्पादनमा सहजता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ।

  • शुभ रंग: हरियो
  • शुभ अंक – ४

मकर : रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। धार्मिक यात्राको योग र योजना बन्नेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

  • शुभ रंग: रातो
  • शुभ अंक – ८

कुम्भ : सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

  • शुभ रंग: वैजनी
  • शुभ अंक – ५

मीन : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ। योजना गोप्य राखेर अघि बढ्नुहोला। सानातिना समस्यामा अल्झिनु पर्नेछ। लगानी र बजारले पनि साथ नदेला तर आफन्तबाट भने साथ र हौसला मिल्नेछ।

  • शुभ रंग: सुन्तला
  • शुभ अंक – १

प्रतिक्रिया