सोमबार, वैशाख १७, २०८१

आज घट्यो सुनको भाउ, ताेलाकाे कति ?

मेरोन्यूज २०८० चैत ५ गते ११:३८

काठमाडौं। सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो । 

सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोल १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया