सोमबार, वैशाख १७, २०८१

आइतबार घट्याे सुनकाे भाउ

मेरोन्यूज २०८० चैत ४ गते ११:५४

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया