बिहीबार, वैशाख २७, २०८१

नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बन्याे भाइबर

मेरोन्यूज २०८० चैत १ गते ८:०५

काठमाडाैँ । सामाजिक सञ्जाल भाइबर नेपालमा दर्ता भएको छ । योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बनेको छ ।

Advertisement

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको हो ।

लिंकदिन् र स्न्याप च्याट पनि दर्ताको प्रक्रियामा रहेको मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया