सोमबार, वैशाख २४, २०८१

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

मेरोन्यूज २०८० फागुन १३ गते १३:१३

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

Advertisement

त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतककाे सहयाेगमा मदतमा ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायाे ।

नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३/३ लिए । बास डे लिडेले २ विकेट हात पारे ।

प्रतिक्रिया