आइतबार, जेठ ६, २०८१

गोंगबुको होटेलमा महिलाको शव फेला, एकजना पक्राउ

मेरोन्यूज २०८१ वैशाख २४ गते १३:३८

काठमाडौं। काठमाडौंको गोंगबुस्थित होटेलमा एक महिलाको शव फेला परेको छ ।

Advertisement

मोरङको लेटाङ नगरपालिका–२ घर भई काठमाडौंको बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । गत शुक्रबार एक होटेलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । अनित कोठाभित्र रहेकै अवस्थामा बाथरुममा झुन्डिएको अवस्थामा भण्डारीको शव फेला परेको जनाइएको छ ।

मृतक महिलाका परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।

मृतक महिलाका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया