आइतबार, जेठ ६, २०८१

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

मेरोन्यूज २०८१ वैशाख २४ गते १३:४७

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को बैठक सरेकाे छ । पार्टीकाे स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको हाे।

Advertisement

यसअघि वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिट्ब्युरो र २८, २९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो ।

प्रचार विभागका अनुसार यही वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्युरो बैठक बस्नेछ । वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

विभागका अनुसार आन्तरिक तयारी अपुगका कारण बैठक सार्नु परेको हो।

प्रतिक्रिया