बिहीबार, वैशाख २७, २०८१

लक्ष्मी लघुवित्तले कमायो नाफा, वितरणयोग्य नाफा कति?

मेरोन्यूज २०८० माघ २१ गते १०:२७

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९.६३ प्रतिशत पुगेको छ । समयमै साँवा तथा ब्याज रकम उठाउन नसक्दा कम्पनीको निष्क्रिय कर्जा उच्च दरमा बढेको हो ।

Advertisement

चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले २ करोड १५ लाख भन्दा बढी रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यस कम्पनी २ करोड ४० लाख रुपैयाँ भन्दा बढी नोक्सानमा थियो । 

सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो । यता, खुद ब्याज आम्दानी भने १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा १ करोड ४७ लाख रुपैयाँ छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा छ ।  प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ । खराब कर्जा ९.६३ प्रतिशत छ ।

प्रतिक्रिया