बिहीबार, वैशाख २७, २०८१

सोनापुर मिनिरल्स एन्ड आयलको साधारण सभा माघ २६ मा

मेरोन्यूज २०८० माघ २१ गते ८:५०

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको छ । 

Advertisement

सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यहरु थप गर्ने प्रस्ताव र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ । 

कम्पनीले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । 

साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया