आइतबार, वैशाख २३, २०८१

आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तान संकटमा

मेरोन्यूज २०८० माघ १२ गते १५:०५

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालका आकाश चन्दले ५ विकेट लिएपछि अफगानिस्तान संकटमामा परेको छ ।

Advertisement

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाश चन्दले अफगानिस्तानको ५ विकेट लिँदै नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।

अफगानिस्तानको पहिलो विकट गुल्सन झाले लिएका थिए। त्यसयता आकाशले लगातार विकेट लिँदै ४३ रनमै अफगानिस्तानको दोस्रा,े तेस्रो, चौथो, पाँचौ, र छैटौं विकेट झारे ।

अफगानिस्तानले १२ ओभरमा ६ विकेट गुमाएर ४७ रन जोडेको छ ।

दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया