सोमबार, वैशाख १७, २०८१

महोत्तरीकाे भंगहा-जयनगरमा रेलभित्रै लडेर एक यात्रुको मृत्यु

मेरोन्यूज २०८० माघ २ गते १३:१०

जनकपुरधाम । रेलभित्र लडेर एक यात्रुको मृत्यु भएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार भंगहा–जयनगर रेलभित्र लडेर महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको जानकारी दिए ।

आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा चढेका पण्डित टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको डिएसपी अवाले बताए ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

प्रतिक्रिया