आइतबार, वैशाख २३, २०८१

रणवीरको ‘एनिमल’ले हालसम्म कति कमायो ?

मेरोन्यूज २०८० पुष २० गते १४:२८

काठमाडौं । रणवीर स्टारर फिल्म ‘एनिमल’ हलमा रिलिज भएको एक महिनाभन्दा बढी भइसकेको छ । फिल्मले बक्स अफिसमा लगातार धूम मचाइरहेको छ ।

Advertisement

विश्वभर ९ सय करोडको आँकडा छुन तयार रहेको ‘एनिमल’ ले घरेलु बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ ।

बुधबार फिल्मको बक्स अफिस कलेक्सन घटेपनि ३५ औँ दिनको कलेक्सनमा उछाल आएको छ ।

भारतीय सञ्चारमाध्यमका एनिमलले बिहीबार हिन्दी भाषामा करिब ४४ लाख भारु रुपैयाँ कमाएको छ । यस्तै हिन्दी भाषामा फिल्मको कलेक्सन १ लाख र तेलुगुमा ३ लाख पुगेको छ ।

घरेलु बक्स अफिसमा ‘एनिमल’ को नेट कलेक्सन अहिलेसम्म करिब ५ सय ४८ करोड भारु पुगेको छ । ५५० करोड क्लबमा सामेल हुन फिल्मले थप २ करोड मात्रै कमाउनुपर्छ । यस्तै फिल्मको वोल्ड वाइड कलेक्सन करिब ८९५.४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया