बिहीबार, वैशाख २०, २०८१

सेयर बजारमा उतारचढाव, एक घण्टामै २ अर्बमाथिको कारोबार

मेरोन्यूज २०८० मंसिर २५ गते १२:३४

काठमाडौं । साताको दोस्रोदिन सोमबार सेयर कारोबार निकै उतारचढाव देखिएको छ । सुरुदेखि नै बजारमा कारोबार रकम ह्वात्तै बढेको छ ।

आज प्री-ओपनिङ सेसनमा नेप्से २५.५५ अंकले बढेको थियो।

कारोबारको सुरुसुरुमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । नियमित कारोबार सुरु भएको एक घन्टामै २ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो ।

समाचार तयार पार्दासम्म २८५ कम्पनीको ७२ लाख ४९ हजार ७९६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ९५ लाख ५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आइतबार लगातार तेस्रो सर्किट ब्रेक लागेर बजार १२ः२७ बजे नै दिनभरिका निम्ति बन्द गरिएको थियो । आइतबार ९ मिनेटको सेयर कारोबारमा एक ४८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया