बिहीबार, वैशाख २०, २०८१

भारतीय टिभी शो ‘सीआईडी’का इन्सपेक्टर दिनेशलाई हर्टअट्याक

मेरोन्यूज २०८० मंसिर १७ गते १८:१४

काठमाडौं । सोनी टिभीको चर्चित टेलिभिजन कार्यक्रम ‘सिआइडी’मा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसलाई हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

डिसेम्बर १ गते शुक्रबार साँझ दिनेशलाई हृदयघात भएको उनका सह-कलाकार दयानन्द शेट्टीले पुष्टि गरेका छन् ।

दयानन्दले सीआईडी ​​शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए। अस्पतालमा भर्ना भएपछि दिनेशको स्वास्थ्यमा सुधार आएको उनले बताए ।

उनी छिट्टै निको भएर घर फर्कने विश्वास दयानन्दकाे छ ।

प्रतिक्रिया