आइतबार, वैशाख २३, २०८१

२६ देशमा यसअघि नै प्रतिबन्ध भइसकेको छ टिकटक

नेपालमा बन्द गर्ने निर्णयको चर्को विरोध भएपछि प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गर्‍यो प्रतिबन्द गर्ने देश र गर्नुको कारणबारे तथ्यांक

मेरोन्यूज २०८० कार्तिक २७ गते १८:२४

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक यसअघि २६ देशमा बन्द भइसकेको छ । चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको टिकटक एपमा प्रतिबन्ध लगाउने देशको संख्या आज नेपालले निर्णय गरेसँगै २७ पुगेको छ।

Advertisement

सामाजिक सञ्जालमा निर्णयको चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालय निर्णयको बचाउ गर्न यसअघि २६ देशले बन्द गराइसकेको तथ्यांक बाहिर ल्याएको हो ।

टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा निर्णयमाथि सत्तारुढ दलबाटै विरोध सुरु भएको छ।

राजनीतिक दलका शीर्ष नेताहरूले नै सरकारको यो कदम ठिक नभएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

टिकटकमा आउने भिडिओ कन्टेन्टहरू छाडा हुन थालेपछि त्यसको नियमन गर्नका लागि बन्द गर्ने निर्णय गरेको सरकारी स्पष्टिकरण छ। तर, यसले जनताको स्वतन्त्रता हनन भएकोदेखि सरकारले अधिनायकवादी शैली अपनाएको भन्दै विविध आलोचना सुरु भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले उपलब्ध गराएको तथ्यांकमा अमेरिका, बेलायत, न्यूजिल्यान्ड, क्यानडा, ताइवान, बेल्जियम लगायतका २७ देशमा टिकटक प्रतिबन्ध भएको उल्लेख छ।

विभिन्न सुरक्षाका कारण र गोपनियताको जोखिम देखाउँदै यी देशहरूमा टिकटक बन्द भएका उनले पठाएको तथ्यांकमा उल्लेख छ ।

टिकटक बन्द भएका देश र मिति ?

१) बेलायतमा सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा सन २०२३ मा प्रतिबन्ध ।
२) अमेरिकामा सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा सन २०२२ मा प्रतिबन्ध ।
३) न्यूजिल्यान्डमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसँग आवद्वता प्रतिबन्ध सन् २०२३ ।
४) क्यानडामा गोपनियता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३ ।
५) ताइवानमा राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२२ ।
६) बेल्जियममा गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै सन् २०२३ ।
७) डेनमार्कमा साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध सन् २०२३ ।
८) पाकिस्तानमा जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै सन् २०२० ।
९) अफगानस्तानमा युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पब्जी ।
१०) भारतमा गोपनियता, सुरक्षा जोखिम र टिकटकको जोखिम देखाउदै टिकटक लगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिवन्ध सन् २०२० ।
११) सोमालियामा गलत अफवाह फैलाउने जोखिम देखाउदै सिमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिवन्ध सन् २०२३ ।
१२) अर्मेनियामा विगत ३५ बर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२ ।
१३) अजरवैजानमा नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२० ।
१४मा बंगलादेशमा पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१ ।
१५) इन्डोनेसियामा धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै सन् २०१८ ।
१६) ईरानमा धार्मिक कारण देखाउदै सन् २०२३ ।
१७) जोर्डनमा प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिवन्ध सन् २०२२ ।
१८) अष्ट्रियामा सुरक्षा जोखिम देखाउदै सन् २०२३
१९) ईस्टोनियामा राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२३
२०) फ्रान्समा सुरक्षा जोखिम देखाउदै टिकटक लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३
२१) आयरल्यान्डमा साईवर सुरक्षा जोखिम देखाउँदै सन् २०२३
२२) लाटभियामा सुरक्षा जोखिम देखाउँदै सन् २०२३
२३) माल्टामा साईवर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध सन् २०२३
२४) नेदरल्यान्डमा जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२
२५) नर्वेमा राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनितिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध सन् २०२३
२६) अष्ट्रेलियामा सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाईस र मोबाइल प्रयोगमा प्रतिबन्ध सन् २०२३

प्रतिक्रिया