आइतबार, वैशाख २३, २०८१

भूकम्प अपडेट

मानवीय क्षति जाजरकोटमा बढी, भौतिक क्षति रुकुम पश्चिममा

जाजरकोटको तुलनामा रुकुम पश्चिममा तेब्बर बढी घरहरुमा क्षति

मेरोन्यूज २०८० कार्तिक २१ गते १२:४५

काठमाडौं । शुक्रबार राती जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले मानविय क्षति जाजरकोटमा बढी गरेपनि भौतिक क्षति भने रुकुम पश्चिममा गरेको तथ्यांकले देखाएको छ ।

Advertisement

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी कुल १५३ जनाको निधन भएको थियो । जसमध्ये जाजरकोटमा १०२ र रुकुम पश्चिममा ५२ जनाको निधन भएको थियो । तर, भौतिक क्षतिका रुपमा भने जाजरकोटको तुलनामा रुकुम पश्चिममा बढी क्षति पुगेको सरकारी तथ्यांकले देखाएको छ । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले मंगलबार बिहान सााढे १० बजेसम्म गरेको अध्यावधिक विवरणमा त्यस्तो देखिएको हो ।

भूकम्पमा परी जाजरकोट, रुकुम पश्चिम मात्र होइन, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछामसम्म भौतिक क्षति पु¥याएको छ ।

सवैभन्दा बढी मानविय क्षति भोगेको जाजरकोटको तुलनामा भौतिक घरबास क्षतिमा भने रुकुम पश्चिममा बढी भएको गृहको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले मंगलबार बिहान गरेको अध्यावधिक विवरणमा उल्लेख छ ।

भैतिक क्षतितर्फ जाजरकोटमा ७ हजार १ सय ६६ घर आंशिक क्षति पुगेको छ । ११ सय ७० घर जाजरकोठमा पूर्ण रुपमा क्षति भएको छ ।
तर रुकुम पश्चिममा जाजरकोटको तुलनामा झण्डै तेब्बरको संख्यामा घरहरुमा क्षति पुगेर भौतिक क्षति पुगेको छ । रुकमु पश्चिममा ९ हजार ९६१ घर आंशिक क्षति भएको छ भने १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको छ ।

यसरी हेर्दा जाजरकोटमा कुलमा ८,३३६ घरमा क्षति पुगेको छ । तर रुकुम पश्चिममा २६ हजार ५३१ घरमा क्षति पुगेको छ । जाजरकोटको तुलनामा यो संख्या तेब्बर बढी संख्याको भौतिक क्षति हो ।

हेर्नुहोस् विवरण

प्रतिक्रिया