बुधबार, वैशाख २६, २०८१

नेसपाले प्रधानमन्त्री उद्धार कोषमा १० लाख जम्मा गर्ने

मेरोन्यूज २०८० कार्तिक १९ गते १५:५८

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ ।

भुकम्पमा परि ज्यान गुमाएका, घाइते भएकाहरूलाई सहयोग गर्न रकम जम्मा गर्ने निर्णय समाजवादी पार्टीको आइतबार बसेको बैठकले गरेको हो । उद्धार र राहतलाई प्रभावकारी बनाउन पार्टीका उपाध्यक्ष भक्तबहादुर शाहको नेतृत्वमा ३ सदस्यीय टिम पनि पार्टीले बताएको छ ।

राहतका लागि खाद्यान्न लगायतका सामाग्री संकलन गर्ने निर्णय पनि भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया