आइतबार, वैशाख २३, २०८१

एमालेको युवा संघ र दुर्गा प्रसाईबीच वारपारको तयारी, मंसिर ७ मा दुवैको काठमाडौंमा शक्ति प्रर्दशन

मेरोन्यूज २०८० कार्तिक १४ गते १४:०३

Advertisement

काठमाडौं । मंसिर ७ आउन अब २८ दिन बाँकी छ । काठमाडौंमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान र एमालेको युवा संगठन राष्ट्रि«य युवा संगठनले एकै दिन पारेर काठमाडौंमा शक्ति प्रर्दशन गर्ने तयारी गरेका छन् ।

प्रसाईले नेपालले राष्ट्र« राष्ट्रियता, धर्म, संस्कृतिका लागि मंसिर ७ मा काठमाडौंमा प्रर्दशन गर्ने तयारी गरेका छन् । राष्ट्रि«य युवा संघले भष्ट्राचार, महंगी, अनियमितता, राज्यको अर्कमन्यता, अराजकता, माफियागिरी, सामाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्ण्ुाता भत्काउने अपराधिक गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गरेको छ ।

सरसर्ती हेर्दा यी दुईको कार्यक्रम आ आफनो निहित उदेश्य प्राप्तीका लागि हो भनेर बुझन सकिएला । तर अन्तर्यमा हेर्दा यी दुईका बीच चल्दैं आएको आरोप÷प्रत्यारोपले प्रसाई र एमालेको युवा संगठनका अलग कार्यक्रमलाई सामान्य अर्थमा बुझन सकिन्न ।

एकले अर्काेको प्रतिकारका लागि कार्यक्रम गरेको देखिएको छ ।

गणतन्त्रको विकल्पसहितको भूईमान्छे सर्वहारा वर्ग तथा नेपाली नागरिकको मुक्तिका लागि अन्तिम लडाईं भन्दै प्रसाईंले मंसिर ७ मा काठमाडौंमा नागरिक सभा गर्ने बताएको छ । एमालेसँग पछिल्लो समय विवाद बढाईरहेका प्रसाईंको हर्कत रोक्न एमाले अध्यक्ष केपी ओलीले कात्तिक ५ मा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा आग्रह गरेको समाचार पनि सार्वजनिक भएका थिए । तर एमालेले भने प्रधानमन्त्रीसँग त्यसदिन ओलीको संक्रमणकालिन न्यायसँग सम्वन्धित विषयमा मात्र कुरा भएको भन्दै प्रसाईका बारेमा कुनै कुराकानी नभएको प्रष्टाएको छ । तर पनि प्रसाईले सामाजिक सन्जल र युट्युबहरूमार्फत अध्यक्ष ओलीका विरूद्ध बोल्न छोडेका छैनन ।

प्रसाई एमालेका पूर्व केन्द्रीय सदस्य पनि हुन् । माओवादी अध्यष प्रचण्ड र केपी ओलीलाई भक्तपुरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका उनी सुरुमा माओवादीसाग नजिक भएपनि पछि माओवादी छोडेर एमाले भएका थिए ।

ओलीलाई हजुरवुवा भन्ने प्रसाई अहिले भने एमाले छोडेर ओलीविरुद्ध नै कडा हुँदै गईरहेका छन् । त्यही क्रममा एमालेको युवा सघले प्रसाईंलाई गत असोज २२ मा राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा कालो मोसो दलेका थिए । त्यसयता झन् एमाले र प्रसाईका बीचमा विवाद चर्केको छ ।

जसकाकारण मंसिर ७ मा दुवैले आयोजना गर्न लागेको शक्ति प्रर्दशन एक–अर्काेविरुद्द लक्षित जस्तो बन्न पुगेको छ ।

प्रतिक्रिया