शनिबार, वैशाख २२, २०८१

विश्वकप क्रिकेट : पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

मेरोन्यूज २०८० कार्तिक ४ गते ७:३०

काठमाडौं । अस्ट्रेलियाले जारी क्रिकेट विश्वकपमा पाकिस्तानमाथि शानदार जित निकालेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।

Advertisement

अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५.३ ओभरमा अल आउट हुँदै ३०५ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।

यो सँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित हासिल गरेको छ । जितपछि अस्ट्रेलियाको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक रहेको छ ।

अब पाकिस्तानले आगामी सोमबार अफगानिस्तानविरुद्ध खेल्ने छ भने अस्ट्रेलियाले आगामी बुधबार नेदरल्याण्डससँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया