शनिबार, वैशाख २२, २०८१

एसीसी यू-१९ प्रिमियर कप : नेपालले दियो साउदीलाई ३४८ रनको लक्ष्य

मेरोन्यूज २०८० कार्तिक २ गते ११:२१

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ ।

Advertisement

युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा ३४८ रनको लक्ष्य दिएको हो ।

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।

नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई-दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक-एक विकेट लिए ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

प्रतिक्रिया