शनिबार, वैशाख २२, २०८१

एसीसी यू-१९ प्रिमियर कप : साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक

मेरोन्यूज २०८० कार्तिक २ गते १०:१४

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले शानदार खेल प्रर्दशन गरेका छन् । उनले खेलमा शतक प्रहार गरेका छन् ।

Advertisement

मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले शानदार शतक प्रहार गरेका हुन् ।

उनले दीपक बोहोरा र आकाश त्रिपाठीसँग ठूलो अंकको साझेदारी गर्दै शतक प्रहार गरेका हुन् ।

आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।

प्रतिक्रिया