बिहीबार, वैशाख २०, २०८१

युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

मेरोन्यूज २०८० कार्तिक १ गते १४:४६

काठमाडौँ । नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो ।

नेपालको मुलपानी स्टेडियममा भएको खेलमा युएईका लागि बसिल हामेदले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन बनाए । युएईका लागि अन्य ब्याट्सम्यानहरू अलि नासिरले ३२, मोहम्मद वासिमले १७ तथा आसिफ खानले १५ रन बनाए ।

नेपालका लागि करण केसीले ३ सोमपाल कामी १ गुल्सन झाले २ र अविनाश बोहोराले १ विकेट लिए ।

नेपाली समर्थकहरु राष्ट्रिय झण्डा लिएर खेल हेर्न भेला भएका छन् ।

आज नेपालको टिमबाट सन्दीप लामिछानेको स्थानमा श्याम (मौसम) ढकालले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।

पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसम त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका बनाएका थिए ।

प्रतिक्रिया