आइतबार, वैशाख २३, २०८१

इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गर्‍यो ५ नेपालीको शव

मेरोन्यूज २०८० असोज २८ गते २०:२५

काठमाडौँ । प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली राजदूतावासले आइतबार साँझ विज्ञप्ति जारी गर्दै ५ वटा शव प्राप्त भएको जनाएको छ। लेल अबिबस्थित दूतावासमा इजरायल सरकारले नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव बुझाएको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको राजदूतावासले जनाएको छ। प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले बताएको छ।

‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।

प्रतिक्रिया