आइतबार, वैशाख २३, २०८१

राज्यव्यवस्था समितिले गृहमन्त्रालयसँग माग्यो पीएसओ र ड्राइभरको विवरण

मेरोन्यूज २०८० असोज २४ गते २०:१८

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण मागेको छ ।

Advertisement

समिति सभापति रामहरि खतिवडाले विवरण प्राप्त भएपछि त्यसको प्रयोग, दुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुने जानकारी दिए ।

पिएसओलाई घरयासी काममा लगाउने लगायतका प्रवृतिका विषयमा सार्वजनिक रूपमा प्रश्न उठिरहेकाले वास्तविकता बुझ्न समितिले विवरण माग गरेको सभापति खतिवडाले जानकारी दिए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुराले यही असोज ७ गते गृहमन्त्रालयाई पत्र पठाएर १५ दिनभित्र पीएसओ र ड्राइभरको विवरण उपलब्ध गराउन भनिएको थियो । १५ दिनभित्र विवरण उपलब्ध नभएपछि असोज २३ गते समितिले पुनः पत्र पठाएर ताकेता गरेको छ ।

प्रतिक्रिया