आइतबार, वैशाख २३, २०८१

प्रोटोकल पूरा नभएकाले आज जाने जहाजले इजरायलमा मृत्यु भएका नेपालीको शव नल्याउने

मेरोन्यूज २०८० असोज २४ गते १७:३१

काठमाडौं । आज राति इजरायल जाने नेपाल एयरलाइन्सको जहाजले हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नल्याउने भएको छ ।

Advertisement

इजरायलले प्रोटोकल पूरा गरेर शव हस्तान्तरण नगरेकाले आज राति जाने जहाजले शव नल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव शेवा लम्सालले जानकारी दिइन् ।

‘नेपालबाहेक अरू देशका नागरिकको शव पनि इजरायल सरकारले हस्तान्तरण नगरेकाले अहिले तत्काल शव ल्याउन सम्भव छैन। पोष्टमार्टमलगायत काम गर्न बाँकी नै छ। यसमा परिवारजनले उच्च बुझाइ राखिदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं,’ प्रवक्ता लम्सालले भनिन्।

इजरायल युद्धमा रहेको र शब ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न नसकिने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो बाध्यतालाई पीडित परिवारले पनि बुझिदिन आग्रह गरेकी छन् ।

प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता ल्याएर आउने बताइन्।

प्रतिक्रिया