शनिबार, वैशाख २२, २०८१

लागुऔषध कारोबारमा ४९ जना पक्राउ

मेरोन्यूज २०८० साउन २७ गते १५:०९

सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् ।

Advertisement

ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ । कारबाहीका क्रममा “एक्स्टेसी” र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया