आइतबार, वैशाख २३, २०८१

अमेरिकामा आगलागीमा परी ६७ जनाको मृत्यु

मेरोन्यूज २०८० साउन २७ गते १०:१८

हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Advertisement

सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएकाे छ । हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ ।

हवाईका गभर्नर जोस ग्रीनले लाहाइना नजिकैको आगो पहिले निभाइएको र त्यसपछि दमकल विभागले अन्य क्षेत्रमा ध्यानाकर्षण गराए पनि पछि आगोले लहाइना सहरलाई ध्वस्त पारेको बताए ।

आगलागीका कारण दूरसञ्चार प्रणालीमा क्षति पुगेको गभर्नरले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हवाईका गभर्नर जोस ग्रीनसँग कुरा गरेका छन्। उक्त कुराकानीमा गभर्नरले राष्ट्रपतिलाई अवस्थाबारे जानकारी दिँदै सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

अमेरिकी सरकारले हवाईमा भएको आगलागीबाट प्रभावितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी सरकारले हवाईमा घरहरू पुनर्निर्माण र मर्मत गर्नेछ र मानिसहरूलाई किफायती ब्याज दरमा ऋण पनि उपलब्ध गराइनेछ ।

प्रतिक्रिया