आइतबार, वैशाख २३, २०८१

पाकिस्तानको सडक दुर्घटनामा आठ जनाको मृत्यु

मेरोन्यूज २०८० साउन २५ गते १६:२५

पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छभने अन्य छ जना गम्भीर घाइते भएका छन् ।

Advertisement

यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य छ जना गम्भीर घाइते भएका उद्धारकर्मीहरूले बताएका छन् ।

घाइतेरूलाई चोबराको तहसील मुख्यालय अस्पताल पु¥याइएको छ । हालै खनेवलको पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

विपरीत दिशाबाट तीव्र वेगमा आएको मोटरसाइकललाई जोगाउन खोज्दा बस नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए । नियमित मर्मतसम्भार नगरिएका सडक तथा सवारी साधान, सवारी नियमको वेवास्ता, चालकहरूको लापरवाहीका कारण पाकिस्तानमा हरेक दिन घातक दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया