बिहीबार, वैशाख २०, २०८१

तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक जारी

मेरोन्यूज २०८० साउन १९ गते ११:४७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरू भएको छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक सुरु भएको हो ।

बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा सहभागीहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया