शुक्रबार, वैशाख २१, २०८१

नयाँ प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

मेरोन्यूज २०८० साउन १८ गते १९:०६


काठमाडौँ । संवैधानिक परिषद्को बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। बिहीबार साँझ बसेको परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए।

गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।

परिषद् बैठकले महालेखा परीक्षकसहित ४ वटा संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि १५ दिनको समय दिएर सूचना निकाल्ने निर्णय बैठकले गरेको हो।

यी निकायहरूमध्ये कम्तिमा एकजना महिला नियुक्त गर्ने सहमति पनि संवैधानिक परिषद्को बैठकमा भएको छ।

प्रतिक्रिया